काठमाडौँ- गृहमन्त्री रमेश लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किन नसक्ने बताएका छन्।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
‘जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न सक्दैन,’ उनले भने।
मुलुकमा विकल्पका रुपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पनि पूर्वराजालाई गृहमन्त्री लेखकको भनाइ छ।
गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको उनको भनाइ छ।
मुलुकको लोकतन्त्र संयमित, परिष्कृत, उद्धार र सहिष्णुता रहेकोको बताउँदै जनताले फालिसकेको राजसंस्थाका राजाले सबै स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताए।
लोकतन्त्रलाई कसैले पनि कमजोरीका रुपमा नलिन उनले चेतावनी दिए।


