काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा देखिएको जस्तो भीड जम्मा पार्न एमाले-कांग्रेसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनौती दिएका थिए।
आइतबार ठुलो संख्यामा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा विमानस्थलमा प्रदर्शन गरेका थिए। अध्यक्ष लिङ्देनले बस नपठाई पैसा नदिई यस्तो भीड जम्मा पार्न सत्तारुढ दलहरूलाई चुनौती दिएका हुन् ।
विमानस्थलको भीड देखेर ‘राजा आए ?’ भन्ने पत्रकार राजेन्द्र बानियाँले यक्ष प्रश्न कार्यक्रममा प्रश्न गरेका थिए।
उक्त कार्यक्रममा लिङ्देनले राजालाई अभिभावकीय भूमिका दिएर नवीन समझदारी गर्न कांग्रेस र कम्युनिस्टलाई आग्रहसमेत गरेका छन्।
अर्को प्रसंगमा अध्यक्ष लिङदेनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, सिंगो देश एउटा निर्वाचन क्षेत्र मानेर पूर्ण समानुपातिक संसद् र सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थामा जानुपर्ने धारणा पनि राखे ।
ज्ञानेन्द्रलाई दाजुमारा भन्नेहरूले ज्ञानेन्द्रलाई जेल हालेर देखाउन पनि लिङ्देनले उक्त कार्यक्रममार्फत चुनौती दिएका छन्।


