काठमाडौँ- काठमाडौँ महानगरपालिकालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख रुपैयाँ जरिमाना तिरेको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको सचिवालयले राप्रपाले एक लाख रुपैयाँ जरिमाना तिरेको जानकारी दिएको छ।
आइतबार पूर्वराजाको स्वागतमा उत्रिएकाहरुको तर्फबाट विभिन्न स्थानमा फोहोर गरिएको र भौतिक क्षति पुर्याएको भन्दै महानगरले १ लाख जरिवाना गराउने निर्णय गरेको थियो।
महानगरपालिकाले पार्टीलाई पत्र लेख्दै आइतबार राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको थियो।
यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूलाई मात्र जरिमाना गराइएको भन्दै नतिर्ने दाबी गरेका थिए। तर उनले दाबी गरेको केही घण्टामा नै राप्रपाले जरिमाना तिरेको हो।



