२०८३ कार्तिक १७ गते सोमबार

पूर्वराजाको स्वागतले सरकार सशंकित, काठमाडौँमा फेरि निषेध आदेश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २६
gyanendra_shah
आफ्ना समर्थकहरूलाई अभिवादन गर्दै पूर्वराजा ज्ञानेन्द्र (२०८१ फागुन २५)।

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिंहदरबार, नयाँ बानेश्वरलगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।

जिप्रकाले फागुन २५ गतेदेखि लागू हुने गरी काठमाडौँको सिंहदरबार क्षेत्र, संसद् भवन रहेको नयाँबानेश्वर क्षेत्र, राष्ट्रपति कार्यालय आसपासको क्षेत्र, उपराष्ट्रपति कार्यालय वरपरको क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने प्रशासनको भनाइ छ।

पोखराबाट काठमाडौँ फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र दुर्गा प्रसाईंको अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकमै भव्य स्वागत गर्दै नाराजुलुसहित शीतल निवास पुर्याइएको थियो।

स्वागतसँगै सडक प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, नेपाली जनता के भन्छ ? राजतन्त्र ले भन्छ ?’लगायतका नारा लगाएका थिए।

पूर्वराजालाई स्वागत गर्न तीनकुनेदेखि निर्मल निवाससम्म लाइनबद्ध राजावादीको भीड थियो। भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो। करिब २ हजार ५ सयको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित भएका थिए। गौशालादेखि निर्मल निवाससम्मको भीडका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको थियो।

आइतबारको स्वागत जुलुसमा अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका थिए।

पूर्वराजा ज्ञानेन्द्र आइतबार दिउँसो ३ बजेर ५२ मिनेटमा समिट एयरको विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लेलगत्तै केहीबेर अतिविशिष्ट कक्षमा बसेका थिए।

पोखरा विमानस्थलबाट निजी सचिव र पीएसओ मात्र लिएर काठमाडौँ ओर्लिएका उनी करिब साढे ४ बजेतिर सवारीसाधनबाट उठेर समर्थकलाई अभिवादन गर्न हात हल्लाउँदै निर्मल निवासतिर अघि बढेका थिए। ज्ञानेन्द्र साँझ करिब ६ बजे निर्मल निवास पुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले विमानस्थलको अति विशिष्ट कक्षमा पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका थिए। ती दुई नेताले पूर्वराजालाई स्वागतको तयारी र जुलुसको बारेमा जानकारी गराएका थिए।

पूर्वराजा ज्ञानेन्द्र फेरि राजनीतिमा सक्रिय हुने र आन्दोलनका कार्यक्रम बढाउन सक्ने आशंकाले सरकारले निषेधित क्षेत्र तोकेको विश्लेषण भइरहेको छ।

पूर्वराजा ज्ञानेन्द्रको पक्षमा आइतबार देखिएको समर्थनले उनका समर्थकहरू उत्साहित बनेका छन्। पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा गरेको सम्बोधनमा देश बचाउनका लागि आफूलाई साथ दिन नेपाली जनतासँग आग्रह गरेपछि समर्थकको बल बढेको हो।

प्रकाशित: २०८१ फाल्गुण २६ गते सोमबार ०५:१५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना