काठमाडौँ – आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने भएका छन्।
सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो ।
सोहीअनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
आजको बैठकमा प्रचण्डले पछिल्ला दिन राजावादीहरूको सक्रियता सरकारको कार्यबारे सम्बोधन गर्ने सम्भावना छ।


