२०८३ कार्तिक १७ गते सोमबार

पूर्वविशिष्टलाई आजीवन सुविधा दिन कस्सिएको सरकार रक्षात्मक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १
Prakashman singh_NPL1

पाल्पा- पूर्वविशिष्टहरूलाई आजीवन कुस्त सुविधा दिने तयारी गरेको सरकार रक्षात्मक बन्न थालेको छ।

गृह मन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्षलाई मासिक भत्ता, घर भाडा/घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका सुविधा जीवनभर दिने गरी कानुनको मस्यौदा बनाउने तयारी अघि बढाएको सरकार रक्षात्मक बनेको हो। पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए। तर यो विषयलाई सरकारले हल्लाको संज्ञा दिएको छ।

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पू्व विशिषटलाई आजीवन सुविधा दिने हल्ला मात्र भएको जिकिर गरेका छन्। नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयाेजना गरेकाे कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले यस्ताे दाबी गरेका हुन्।

उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारकाे कुनै तयारी नभएकाे प्रष्ट पारे। यसअघिकाे कुनै सरकारले गरेकाे कुरालाई ल्याएर अहिले हल्ला गरिएकाे उनकाे भनाइ छ।

०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकाे सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए। अहिले त्यस्तै प्रकृतिकाे कानुन निर्माणका सरकार लागेकाे भन्दै केही सञ्चारमाध्यममा खबर आएपनि सरकारले त्यस्ताे तयारी नगरेकाे उपप्रधानमन्त्री सिंहको दाबी छ।

अहिले सरकारका विरुद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइकाे सिंहको दाबी छ। त्यस्ता समाचारलाई हल्लाको संज्ञा दिएका उनले हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्न सक्ने भनाइ छ। जनताले लडेर अहिलेकाे अधिकार प्राप्त भएकाे भन्दै कसैले किस्तिमा राखेर नदिएकाे बताएका थिए।

प्राप्त अधिकारकाे रक्षा गर्दै जनताकाे जीवन र जिविका सहज बनाउन सरकारले काम गरिरहेकाे सिंहले बताए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले आउँदा चुनाैती सामना गर्न एकताबद्ध कांग्रेस बनाउनुपर्नेमा जाेड दिए। ‘कांग्रेसलाई केन्द्रमा राखेर काम गर्नुपर्‍यो। याे गुट त्याे गुट हाेइन एकतावद्द बलियाे कांग्रेस बनाउन लागाैँ,´ उनले भने, ‘कांग्रेसकाे मूल चुनाैती नै पार्टी व्यवस्थापन हाे। पार्टीलाई केन्द्रमा राखेर सबैले काम गराैँ।’

प्रकाशित: २०८१ चैत १ गते शुक्रबार ०५:४९
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना