सिन्धुली- जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि भर्ना भएकी एक बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावपूर्ण बनेको छ।
कमलामाई नगरपालिका-५ सिलामेकी २९ वर्षीया गंगा गुरूङ श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आक्रोश व्यक्त गरेका हुन्।
गंगालाई प्रसुति सेवा लिनका लागि अस्पतालमा अस्पतालमा भर्ना गरिएको थियो। परिसरमा ठूलो संख्यामा जम्मा भएका मृतकका आफन्तले चारैतिरबाट घेरा हालेको र तोडफोडसमेत गरेको प्रहरीको भनाइ छ।
अस्पतालका डाक्टरले उपचार गराउने क्रममा बेहोस बनाउने गलत औषधि दिएका कारण गंगाको मृत्यु भएको मृतकका आफन्तको दाबी छ। बिरामीका आक्रोशित आफन्तले बीपी राजमार्ग पनि अवरुद्ध गरेका छन्।


