२०८३ कार्तिक १४ गते शुक्रबार

भक्तपुर अस्पताल बागमती प्रदेशभरिकै सर्वोत्कृष्ट

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १०
bhaktapurHospital

काठमाडौं– बागमती प्रदेश मातहतको भक्तपुर अस्पताल ९७ अंकसहित प्रदेश स्तरीय स्वास्थ्य संस्थामा सर्वोत्कृष्ट भएको छ। सरकारी मूल्यांकन टोलीले न्यूनतम सेवा मापदण्ड मूल्यांकनको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठले बताएका हुन्।

मूल्यांकन समितिले तयार पारेको नतिजा हालै सार्वजनिक गरिएको हो। अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. पवन साह, कान्ति बाल अस्पतालकी नर्सिङ प्रमुख रोशनी तुइतुई, स्वास्थ्य विभागकी मीरा निरौलालगायतको मूल्यांकन टोलीले मूल्यांकन गरेको थियो।

अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले सिंगो टिमको सही मूल्यांकन भएको बताइन्। अस्पताल विकास समिति अध्यक्ष रमण कायस्थले अस्पतालको सेवालाई थप जनमुखी र सुविधासम्पन्न बनाउन मूल्यांकनले हौसला प्रदान गरेको जानकारी दिए।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यसको सेवाले आफूहरूको शिरसमेत उच्च बनाएको बताए।

बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले संघीयता नहुँदासम्म रिफर सेन्टरका रूपमा बदनाम भक्तपुर अस्पतालले संघीयतासँगै ठूलो विकास गरेको बताउँदै प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्ने दाबी गरे।

१९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल हो। मेसु डा. सुमित्रा गौतम नेतृत्वमा आएपछि प्रदेश सरकारको सहयोगमा ११६ वर्षपछि भक्तपुर अस्पतालले आइसियू सेवा सुरु गर्न सफल भएको हो।

आधा दर्जन भेन्टिलेटरसहित आइसियू सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको छ भने २ दर्जन बेडसहित अस्पतालले एचडियू सेवासमेत सुरु गरेको छ। भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत सुरु भएको छ।

प्रकाशित: २०८० जेठ १० गते बुधबार ०७:०१
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना