काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित केउरानी सामुदायिक वनमा आगलागी भएको छ।
आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ।
उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए।
आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्।
स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन।


