काठमाडौँ- नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा होमिएको वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको टोलीले तीन प्रदेशको यात्रा सम्पन्न गरेको छ।
तीन प्रदेशको चुनावी यात्रा सम्पन्न गरेपछि शनिवार काठमाडौँ फर्किएको मिश्र नेतृत्वको लोकतान्त्रिक, प्रगतिशील तथा पेसागत र राष्ट्रवादी कानुन व्यवसायीको टोली उत्साहित भएर काठमाडौँ फर्किएको हो।
सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा चुनावी अभियानका कार्यक्रमहरू गरेर फर्किएको टोली आइतवार झापा प्रस्थान गर्नुअघि साताव्यापी अभियानको समीक्षा गरेको थियो।
समीक्षामा नेपाली कांग्रेसको शुभेच्छुक डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए), एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठन (एनडीएलए)ले आन्तरिक रूपमा चुनावी कार्यक्रमको समीक्षा गर्दै उत्साहित भएको निष्कर्ष निकालेका हुन्।
वरिष्ठ प्राडा विजयप्रसाद मिश्र समूहका उम्मेदवारले चैत ३ गतेदेखि चुनावी यात्रा सुरु गरेका थिए। कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएको चुनावी कार्यक्रम शुक्रबार पोखरामा पुगेको थियो।
कानुन व्यवसायीहरूको हकहित, न्यायपालिकाको सुधार, र विधिको शासन सुदृढ गर्ने प्रतिबद्धतासहित मिश्र टिमले महेन्द्रनगरदेखि आफ्नो अभियान सुरु गरेको थियो।
बार इकाइहरूसँग अन्तरक्रिया गर्दै मिश्र टिमले अधिवक्ताहरूका समस्यालाई गम्भीर रूपमा लिएको बताउँदै स्वच्छ र सशक्त बार तथा मर्यादित न्यायपालिका बनाउने विषयलाई मुख्य एजेन्डा बनाएर चुनावमा होमिएको छ। महेन्द्रनगरबाट प्रारम्भ भएको अभियान कैलाली, बर्दियाको गुलरिया, नेपालगञ्ज उच्च अदालत बाँके, तुल्सिपुर उच्च अदालत, जिल्ला अदालत बार इकाई दाङ, कपिलवस्तु, नवलपरासी, भैरहवा, रुपन्देही, उच्च अदालत बार बुटवल, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ हुँदै शुक्रवार पोखरा पुगेको थियो।
कञ्चनपुरदेखि पोखरासम्म कसले के भने?
नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र नेतृत्वका २५ उम्मेदवारको टोली पहिलो दिन चैत ३ गते कञ्चनपुरको महेन्द्रनगर उच्च अदालत बार र कैलाली जिल्ला अदालत बारमा सुदूरपश्चिमका कानूनी व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डाबारे जानकारी गराएको थियो। कार्यक्रममा सुदूरपश्चिमका डीएलए, पीपीएलए र एनडीएलएका प्रतिनिधिलगायतले जिल्लाका समस्या सुनाउका थिए। कर्मचारीको अभाव, न्यायाधीशको अभाव र स्थानीय अधिवक्ताहरुलाई जीविकोर्पाजन गर्न गाह्रो भइरहेकाले सोच्नका लागि उम्मेदवारहरूलाई सुझाव दिए।
यस्तै सोही दिनको दोस्रो कार्यक्रम कैलाली जिल्ला अदालत बार इकाइमा गरिएको थियो। कैलालीका कानुन व्यवसायीहरुले उच्च अदालत प्रदेशको राजधानी भएको ठाउँमा हुनुपर्ने पहल गरिदिन मिश्र नेतृत्वलाई आग्रह गरेको थियो। सोही कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्षका उम्मेदवार प्राडा मिश्रले भने, ‘अहिले न्यायालयलाई न्याचित, व्यवस्थित र प्राविधिक मैत्री बनाउन आवश्यक छ। देशमा अधिवक्ताहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ,भन्ने समस्या अहिलेको मुख्य विषय हो।’
आफू निर्वाचित भएपछि सबै कानुन व्यवसायीका समस्यालाई ध्यानमा राख्दै कानून व्यवसायीको हकहित, कानुनीय क्षेत्रमा आउने नयाँ अविधक्ताहरुको क्षमता अभिवृद्धि, नेपालको कानुनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आफूले पहल गर्ने र उच्च अदालत राजधानी भएकै स्थानमा सार्ने कुरामा पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
दोस्रो दिन : गुलरिया र नेपालगञ्ज
अभियानको दोस्रो दिन बर्दियाको गुलरिया जिल्ला अदालत बार इकाइमा भएको थियो। कानुन व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै, कानुनी पेशाका विविध समस्याहरूका बारेमा छलफल गरिएको थियो। यस्तै भेटघाट तथा अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिँदै लोकतान्त्रिक, प्रगतिशील,पेशागत र राष्ट्रवादी बृहत् समूहका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले भनेका थिए, ‘हाम्रो उद्देश्य कानुन व्यवसायीहरूको पेशागत सुरक्षामा ध्यान दिने, न्यायालय सुधार गर्ने र बारलाई स्वच्छ र पारदर्शी बनाउने हो।’
लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रवादी (मिश्र समूह)बाट महासचिव पदका उम्मेदवार केदारप्रसाद कोइरालाले बारलाई डिजिटल प्लेटफर्ममा लैजान आफूहरूले हरप्रयास गर्ने बताएका थिए। प्रविधि प्रयोग गरेर कानुनी सेवा प्रभावकारी बनाउने, स्थानीय कानुन व्यवसायीहरूले बारको भूमिकालाई बलियो बनाउने, कानुनी शिक्षालाई व्यवस्थित बनाउने र न्यायालय सुधारमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।
सोही दिन नेपालगञ्जमा पनि कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बारका निर्वतमान अध्यक्ष गोपालकृष्ण घिमिरे, डीएलए, पीपीएलए र एनडीएलएका केन्द्रीय पदाधिकारी तथा जिल्ला बारका प्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा तीन समूह एक ठाउँमा उभिएकाले चुनाव जित्नुको विकल्प नभएको तीन संगठनका प्रतिनिधिहरूले बताएका थिए। नेपालगञ्जका कानुन व्यवसायीहरूले कानुनी सहायता निःशुल्क उपलब्ध गराउने, भ्रष्टाचारमुक्त न्यायपालिका निर्माण गर्ने र युवा कानुन व्यवसायीलाई केन्द्रित गर्न सुझाव दिउका थिए। मिश्र टिमले ती विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे।
तेस्रो दिन : तुल्सीपुर, घोराही, कपिलवस्तु
तेस्रो दिनको तुल्सीपुर, घोराही, कपिलवस्तुका कानुन व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम भएको थियो। घोराही भएको कार्यक्रममा महिला उपत्यका बाहिरका सदस्य पदका उम्मेदवार अभिवक्ता इन्दिरा आचार्यले महिला कानुन व्यवसायीहरूको प्रतिनिधित्वलाई सशक्त बनाउन हामीले विशेष योजना बनाएको सुनाएकी थिइन्। घोराहीका कानुन व्यवसायीहरूले बारको आन्तरिक पारदर्शितामा सुधार गर्नुपर्ने, न्यायालयमा राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, र कानुनी शिक्षालाई सुधार गर्नुपर्ने माग राखे। मिश्र नेतृत्वको टिमले यी मागलाई गम्भीर रूपमा लिने प्रतिबद्धता व्यक्त गर्यो।
सोही दिनको अन्तिम कार्यक्रम कपिलवस्तु जिल्ला अदालत बार इकाइमा सम्पन्न भएको थियो। कार्यक्रममा भावी नेतृत्वका योजना तीन वर्षमा गर्ने कामकागजका बारेमा जानकारी गराइएको थियो। भेटघाट कार्यक्रमा जिल्लाका कानुन व्यवसायीहरूले टोलीलाई शुभकामना दिएका थिए।
बार सुधार र न्यायपालिकाको शुद्धीकरणमा केन्द्रित हुन स्थानीय कानुन व्यवसायीले सुझाव दिएका थिए। कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्राडा मिश्रले भने आफ्नो समूह न्यायपालिकामा भइरहेको भ्रष्टाचार हटाउन सक्षम रहेको र त्यसको कार्यनीति तथा रणनीति आफूहरूले बनाइसकेको जानकारी गराएका थिए। मिश्रले न्यायपालिका भ्रष्टाचारमुक्त बनाउने समय आएको छ, ‘त्यसका लागि हाम्रो टोली दृढ छ। नवोदित कानुन व्यवसायीको क्षमता अभिवृद्धि, न्यायालयमा उनीहरूको सक्रिय उपस्थिति र कानुन व्यवसायीहरूको हकहितको लागि प्रभावकारी कार्यक्रम ल्याउछौँ।’
कार्यक्रममा अधिवक्ता ब्रीजेन्द्र चौधरीले केन्द्रीय बार र कपिलवस्तुको बारबीचको सम्बन्ध थप प्रगाढ बनाउन सुझाव दिए। बारको नेतृत्व कुनै राजनीतिक दलको नभई कानुन व्यवसायीहरूको पक्षमा रहनुपर्ने धारणा राखेका थिए।
चौथो दिन : नवलपरासी,भैरहवा,रुपन्देही,बुटवल र पाल्पा
नवलपरासी जिल्ला अदालत बार, भैरहवा, रुपन्देही, उच्च अदालत बुटवलमा गर्दै पाल्पा जिल्ला अदालत बार इकाईको अन्तिम कार्यक्रम गरियो। सबै जिल्ला अदालत बार, उच्च अदालत बारमा कानुन व्यवसायीको उत्साहित सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी सबैले आफ्नो समर्थन तीन संगठनका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र नेतृत्वलाई भएको बताएका थिए। मिश्रको नेतृत्वमा बौद्धिक व्यक्ति भएकाले नेपाल बार एशोसिएशनलाई बलियो बनाउने,राजनीति हस्तक्षेप बन्द गर्ने, बारलाई अन्तर्राष्ट्रियस्तरमा लैजान सक्ने क्याफेभल व्यक्ति भएकाले आफ्नो समर्थन मिश्रलाई भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुको भनाइ थियो।
अध्यक्ष पदका उम्मेदवार मिश्रले पनि आफ्नो नेतृत्वले बारलाई बलियो बनाउने, न्यायालयमा भइरहेको विसंगति बेथितिको अन्त्य गर्ने र न्यायालयमा हुने भागबण्डाको अन्त्य गर्न र न्यायालयमा हुने राजनीतिक नियुक्तीलाई बन्द गर्दै स्वच्छ न्यायालय र सुढृकरणीय न्यायालय बनाउने अभियान रहने प्रतिबद्धता व्यक्त गरेका थिए। मिश्रले भने, ‘बारलाई बलियो बनाउन संस्थागत सुधार आवश्यक छ। न्यायपालिकामा बेथिति रोक्न बारको सशक्त उपस्थिति अनिवार्य छ।’ स्थानीय कानुन व्यवसायीहरूले कानुनी पेशालाई थप व्यवस्थित बनाउनुपर्ने, बारको संरचनालाई सुधार गर्नुपर्ने, र कानुनी शिक्षा प्रवर्द्धन गर्नुपर्ने विषयमा सुझाव दिए।
पाँचौं दिन : स्याङ्जा, पर्वत र बागलुङ
स्याङ्जा जिल्ला अदालत बारमा अन्तर्क्रिया गर्दै मिश्र नेतृत्वको टिमले बारको डिजिटलाइजेसन, कानुनी सहायता प्रणाली सुधार र सामाजिक सुरक्षा योजनाका बारेमा जानकारी गरायो। स्याङ्जा, पर्वत, र बागलुङ उच्च अदालत बार इकाइहरूमा कार्यक्रम गर्दै कानुनी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो।
अध्यक्ष पदका उम्मेदवार प्राडा विजयप्रसाद मिश्रले न्यापालिकालाई स्वच्छ राख्ने र न्यायालयमा भैरहेका विसंगति,भ्रष्टाचार अन्त्य गर्ने आफ्नो उदेश्य रहेको बताए। उनले आफ्ना प्रतिद्वन्द्वीहरु आफ्नोविरुद्ध गलत प्रचार गरिरहेले त्यसमा विश्वास न गर्न आग्रह गरे। उनले भने, ‘मेरो टिमलाई मतदान गरेर विजयी गराई दिनु होला। मेरो टिम स्वच्छ र बौद्धिक छ। हामीले तीन वर्षमा धेरै काम गरेर देखाउने छौँ।’
छैटौं दिन : तनहुँ र पोखरा
तनहुँ जिल्ला अदालत बार इकाइ र पोखरा उच्च अदालतमा आयोजित कार्यक्रममा मिश्र नेतृत्वको टिमले आफ्नो कार्ययोजना प्रस्तुत गर्यो। महासचिव पदका उम्मेदवार केदारप्रसाद कोइरालाले भने, ‘डिजिटल बारको अवधारणा लागू गरेर कानुनी सेवा प्रवाहलाई प्रभावकारी बनाउनेछौं।’
यस्तै अध्यक्ष पदका उम्मेदवार अरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले एकै संगठन नेतृत्वमा पुग्दा धेरै काम गर्न सहज नहुने भएकाले मिलेर चुनावमा होमिएको बताए। ‘हामीलाई तपाईले जिताएको खण्डमा हामीले न्यायालयको सुधार, नेपाल बारलाई अन्तर्राष्ट्रियस्तरमा लैजान सक्ने र न्यायालयमा हुने भ्रष्टाचार, अनियमियतालाई अन्त्य गर्ने र लर्यस एकेडमी स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने, ‘अब कसैले पनि घर जग्गा बेचेर न्यायाधीश बन्न पैसा बुझाउनु पर्ने छैन। न्यायाधीश बन्न योग्यता र दक्षता चाहिने भएकाले यी कुरा भएको मान्छे मात्र अब न्यायाधीश बन्न सक्छ। हामी त्यसकै लागि चुनावमा होमिएका हौँ। ठूला तीन संगठनको बल हामीलाई भएकाले यो काम हामी गर्न सक्छौँ।’ न्यायालयलाई पारदर्शी बनाउन अब हरेक कानुन व्यवसायीको काँधमा जिम्मेवारी आएको र त्यो जिम्मेवारी पूरा गर्न आफ्नो समूहलाई मतदान गर्न उनको आह्वान छ।
उच्च अदालत पोखरा बारको भेटघाट तथा अन्तरक्रियामा पोखराका कानुन व्यवसायीहरूले न्यायालय सुधार, कानुनी पेशाको सुदृढीकरण, र युवा कानुन व्यवसायीहरूका लागि अवसर विस्तार गर्ने एजेन्डामा केन्द्रित हुन सुझाव दिए। उच्च अदालत बार पोखरामा भएको कार्यक्रममा बारको सशक्तीकरण, न्यायालय सुधार, अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली कानुन व्यवसायीहरूको क्षमता विस्तारलगायतका विषयमा छलफल भएको थियो।
कार्यक्रममा विभिन्न स्थानबाट आएका कानुन व्यवसायीहरूले बार अध्यक्ष पदका उम्मेदवार प्राडा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र उनको टिमसँग विभिन्न विषयमा जिज्ञासा राख्ने र सुझाव संकलन पनि गरिएको थियो। कार्यक्रममा सबैका सुझाव र जिज्ञासा सुनेका अध्यक्ष पदका उम्मेदवार प्राडा मिश्रले आफूहरूको टिमले मात्र बारलाई सशक्तीकरण गर्ने र न्यायालयमा सुधार गर्न सक्ने उल्लेख गरे। ‘हामीलाई बारबाट केही कमाउनु छैन। आउने पुस्ताको लागि काम गर्ने हो,’ उनले भने, ‘हामी मर्यादाबाट विचलित हुँदैनौँ। हाम्रो टिमले न्यायालय सुधारको नेतृत्व गर्छ।’
न्यायालयका विकृति, विसंगति र बेतिथिमा खबरदारी गर्न आफ्नो टिम सदैव सक्रिय रहने उनको भनाइ थियो। ‘न्यायालयमा कुनै गलत कार्य भए बार आन्दोलनमा आउँछ,’ उनको भनाइ छ, ‘अबको तीन वर्षमा बार पनि सुधार्छौँ। न्यायालयलाई साँच्चिकै न्यायको मन्दिर बनाउन हरपल खटिन्छौँ।’
गण्डकी प्रदेशका उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता भुपेन्द्र खनालले हरेक स्थानका बार इकाइहरूसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अदालतमा थुप्रिएका मुद्दालाई चाँडो निष्कर्षमा पुर्याउन बारले बेन्चसँग छलफल गरी निकास निकाल्ने उनको भनाइ छ। उपाध्यक्ष पदकै उम्मेदवार अधिवक्ता सरस्वती श्रेष्ठले आफूले वरिष्ठ र नवोदित कानुन व्यवसायीबीच समन्वयको काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कानुनी क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आफूले काम गर्ने प्रतिबद्धता जनाइन्। ‘देशभर ८९ बार इकाई छन्। महिला कानुन व्यवसायी सहभागिता बढाउन सशक्त रुपमा लाग्नेछु,’ श्रेष्ठले भनिन्।
महासचिव पदका उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले मिश्र नेतृत्वको आफ्नो समूहको मूल उदेश्य नै स्वच्छ र सशक्त बार बनाउने र न्यायालयका विसंगति, भ्रष्टाचारलाई रोक्ने भएको उल्लेख गरेका थिए। बारलाई देखिने र सुनिने बार बनाउँछौँ। अन्तर्राष्ट्रियस्तरसम्म चिन्ने बार बनाउनेछौँ, उनले भने, ‘प्राडा मिश्र महासचिव हुँदा लर्यस एकेडमीको परिकल्पना भएको हो। अब हामी छिट्टै लर्यस एकेडमी स्थापना गर्नेछौँ।
बारको लाइब्रेरीमा देशको जुनसुकै स्थानबाट पनि पहुँच पुग्ने गरी डिजिटलाइल गर्ने उनको प्रतिबद्धता थियो। कार्यक्रममा उनले अध्यक्ष पदका उम्मेदवार प्राडा मिश्रका योगदानको पनि चर्चा गरेका थिए। सामाजिक सुरक्षा कोषलाई अगाडि बढाउनेलगायतका योजना सुनाउदै मिश्र नेतृत्वको टिमलाई विजयी गराउन आग्रह गरेका थिए।
उपत्यकाबाहिरको क्लस्टरमा खुल्ला सदस्य पदका उम्मेदवार अधिवक्ता किरण पौडेलले नवोदित कानुन व्यवसायीको हकहित र क्षमता अभिवृद्धिका लागि आफ्नो टिमलाई मत दिएर विजयी बनाउन सबै कानुन व्यवसायीलाई आग्रह गरेका थिए।
जिल्ला अदालत बार इकाइका अध्यक्ष भगवती पहाडीले स्वागत मन्तव्य राखेको कार्यक्रममा उच्च अदालत पोखराका सचिव अधिवक्ता दुर्गमराज पन्तले गरेका थिए। कार्यक्रममा ठूलो संख्यामा कानुन व्यवसायीहरू उपस्थित थिए।
पोखरामा मिश्र समूहको अन्तक्र्रिया कार्यक्रम बृहत् रूपमा सम्पन्न भएको सदस्यका उम्मेदवार अधिवक्ता बाबुराम अर्यालले जानकारी दिए। २५ जना नै उम्मदेवारलाई लिएर मिश्र समूहका उम्मेदवारहरूको मेचीकाली यात्रा आइतबार झापा प्रस्थान गर्ने अर्यालले जानकारी दिए।
महासचिव पदका उम्मेदवार केदारप्रसाद कोइरालाले डिजिटल बारको अवधारणा लागू गरेर कानुनी सेवा प्रवाहलाई प्रभावकारी बनाउने बताएका थिए।
नेपालका विभिन्न सहरमा भएका अन्तरक्रियाले कानुन व्यवसायीहरूले आफ्नो समूहप्रति सदिच्छा व्यक्त गरेको केन्द्रीय सदस्य पदका उम्मेदवार अधिवक्ता बाबुराम अर्यालले बताए। जिल्ला तथा उच्च बारका प्रतिनिधिहरूको कुराकानीले आफूहरूलाई उत्साहित तुल्याएको अर्यालको भनाइ छ।
‘तीन प्रदेशमा भएका अन्तर्क्रिया कार्यक्रमले मुख्य समस्याहरू पहिचान गर्न मद्दत गरेको छ। मिश्र नेतृत्वको टिमले न्यायालय सुधार, कानुनी पेशाको सुदृढीकरण, र कानुन व्यवसायीहरूको हकहित संरक्षणलाई आफ्नो प्राथमिकता बनाएको छ,’ उनले भने, ‘हाम्रो टिम समावेशी छ। हाम्रो टिमको कार्यक्रमले उम्मेदवारलाई मात्र होइन, सबै कानुन व्यवसायीलाई पनि उत्साहित बनाएको रहेछ। यो कुरा बुझ्ने र जिल्ला तथा उच्च बारका कानुन व्यवसायीहरूले हाम्रो टिमलाई विश्वास गरेर कार्यक्रम सफल बनाइदिनु भएको छ। कार्यक्रमका सरोकारवाला सबैप्रति हाम्रो टिम आभारी छ।’
नेपाल बार एशोसिएशनको २३औं निर्वाचनको मिति नजिकिंदै जाँदा मिश्र नेतृत्वको टिमको अभियान अझै सक्रिय हुँदै गएको छ। देशभरका कानुन व्यवसायीहरूले मिश्र नेतृत्वको टिमप्रति सकारात्मक प्रतिक्रिया जनाएकाले टिम उत्साहित भएर आइतबवारदेखि पूर्वबाट अभियानका कार्यक्रम गर्दै काठमाडौँ फर्कनेछ। बारको नयाँ नेतृत्व चयनका लागि चैत २३ गते मतदान हुँदैछ।
बारको नेतृत्वका लागि अघि सरेको मिश्र टिम


