२०८३ कार्तिक १३ गते बिहिबार

काठमाडौँमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १०
swet_shardul (7)
कार्यक्रममा कवितावाचन गर्दै कवि श्रेष्ठ।

काठमाडौँ- कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको छ। मदन भण्डारी फाउन्डेसनको आयोजनामा ‘श्वेत शार्दूल: एक यात्रा कविको शिविर’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा कवि श्रेष्ठले जीवन र जगतसँग सम्बन्धित कवितासँगै व्यंग्यात्मक कविता र गजलहरू प्रस्तुत गरेका थिए। पोखरामा बसोबास गर्दै आएका उनले काठमाडौँका विकृतिहरूलाई आफ्नो कविताको माध्यमबाट कटाक्ष गरेका थिए।

कार्यक्रममा कवितावाचन गर्दै कवि श्रेष्ठ।

‘ओ काठमाडौँ उठ’ कवितामार्फत उनले काठमाडौंमा आपराधिक गतिविधि मौलाउँदै गएको, बागमती र विष्णुमती नदीमा बढेको फोहोरप्रति चिन्ता व्यक्त गरे। उनले मान्छेलाई सर्प र सर्पलाई मानिससँग तुलना गर्दै समाजको यथार्थ चित्रण गरे।

श्रेष्ठले आफू नेवार समुदायको सन्तान भएको बताउँदै आफ्ना पुर्खाहरू भक्तपुरबाट पोखरा झरेको स्मरण गरे। उनले ‘काठमाडौं खाल्डो’ कविता वाचन गर्दै काठमाडौँको इतिहास र वर्तमान अवस्था झल्काए। त्यस्तै, ‘जिन्दगीको गोदुली एउटा प्यास छ अझै…’ गजल प्रस्तुत गरेर दर्शकको मन जिते।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाज बुझ्ने प्रभावशाली माध्यम भएको बताइन्। ‘कविताबाट यथार्थमा आधारित कुराहरू समाजलाई जानकारी गराउन सकिन्छ,’ उनले भनिन्, ‘कला, साहित्यले समाजलाई सूसुचित गर्न टेवा पुर्‍याउँछ।’

कार्यक्रममा सहभागी पूर्वराष्ट्रपति भण्डारी मन्तव्य राख्दै।

भण्डारीले भाषा, कला र साहित्य समाज विकासका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै पहिलो पटक एकल कविता वाचन कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्।

मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारी केवल राजनीतिमा मात्र सीमित नभई साहित्यसँग पनि जोडिएको हुँदा यस प्रकारका साहित्यिक कार्यक्रमको आयोजना गरिएको बताइन्। गजलकार संगीता थापाले गजल वाचन गरिन्।

कार्यक्रममा सहभागी पूर्वराष्ट्रपति भण्डारीलगायत।

कार्यक्रमको सञ्चालन कवि भोजराज न्यौपानेले गरेका थिए।  कवि तीर्थ श्रेष्ठले कार्यक्रमका लागि संयोजनकारी भूमिका निर्वाह गरेकोमा प्रभू बैंकका सीईओ अशोक शेरचनलाई धन्यवाद दिए। भने, ‘अशोकजी मेरा लागि माया हो। यसअघि पनि मैले एकल कविता वाचन गर्दा उहाँले नै यस्तै संयोजनकारी प्रेम देखाउनु भएको थियो। यसपटक पनि उहाँकै कारण यो कार्यक्रम सम्भव भयो।’

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै प्रभु बैंकका सीईओ अशोक शेरचन।

कार्यक्रममा कवि श्रेष्ठले आफ्नो विषयमा पनि भनेका थिए। ‘म आफूलाई एकदम ठूलो र महान् कविको रूपमा सोच्दिनँ। कविता लेख्न मन पराउने एउटा मान्छे हुँ,’ उनले भने, ‘कविता जति लेख्दै गयो, त्यति नजानेको अनुभव हुने विधा हो। सुरूमा लेख्दा त केके न लेखेजस्तो लाग्थ्यो। तर, लेख्दै जाँदा लेख्न अझ बाँकी छ भन्ने अनुभूति हुँदोरहेछ।’अनि श्रेष्ठले जीवनबारे सोच्ने चारवटा पंक्ति सुनाए:

म जहाँ बास बस्छु, त्यो मेरो घर होइन
म जहाँ अडिन्छु, त्यो मेरो कर्तव्य होइन
धेरै टाढा जानु छ मलाई
किनु मेरो जीवन होइन

बुकहिल प्रकाशनका अध्यक्ष भुपेन्द्र खड्काले ‘हिउँमा लेखिएका नामहरू’ कविता संग्रह कवि श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिसँग संवाद गर्दै कवि श्रेष्ठ।

कार्यक्रम उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारी।

पूर्वराष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गर्दै कवि श्रेष्ठ।

सांसद देवीप्रसाद भट्टचन।

प्रकाशित: २०८१ चैत १० गते आईतबार १०:४४
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना