काठमाडौँ- निःसन्तान दम्पत्तीको बाँझोपनको उपचारको गर्दै आएको हार्दिक आईभीएफले निःशुल्क आईयूआई शिविर सुरु भएको छ। नयाँ वर्ष २०८२ का अवसरमा हार्दिकले निःशुल्क शिविर सञ्चालन गरेको हो।
चैत १० गते (आज)देखि सुरु भएको निशुल्क शिविर २०८२ वैशाख ३१ गतेसम्म सिनामंगलस्थित हार्दिक आईभीएफ क्रिस्टल बिल्डिङमा शिविर सञ्चालन हुनेछ। शिविरमा सहभागी हुन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११ /९७०९१३९१८० मा फोन गरी नाम टिपाउन सक्ने व्यवस्था गरिएको हार्दिकले जानकारी दिएको छ।
आर्थिक समस्याका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी निशुल्क शिविर गर्न लागिएको आईभीएफकी निसन्तानपन विशेषज्ञ डा.अर्चना शाक्यले जानकारी दिइन्। बाँझोपनको उपचारबारे जनचेतना फैलाउनु र निःसन्तान दम्पतीका समाजिक र मानसिक समस्यासमेत निराकरण गरी आशाका किरण जगाउन हार्दिकले यो अभियान सुरु गरेको उनको भनाइ छ।
शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आईयूआई उपचार प्रदान गर्नेछन्। शिविरमा सबै सेवा निःशुल्क हुने हार्दिकको भनाइ छ।
’बाँझोपनका कारण धेरै दम्पतीले सन्तान प्राप्त गर्न सकिरहेका छैनन्,’ डा शाक्य भन्छिन्, आर्थिक कारणले उपचार गर्न नसक्ने जोडीहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले निशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेशन (आईयूआई) शिविर सञ्चालन गर्न लागेका हौँ।’
बाँझोपनको उपचारका लागि इन्ट्रायुटेरिन इन्सेमिनेसन प्रभावकारी उपचार प्रद्धति हो। यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकीटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै बढाउने डा शाक्यको भनाइ छ। पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनकोस समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आईयूआई उपचार पद्धति प्रभावकारी मानिन्छ।
नेपालमा आईयूआई उपचारको औसत खर्च १२ हजारसम्म पर्ने तर हार्दिक आईभीएफले सञ्चालन गर्न लागेको शिविरमा शुल्क लाग्ने छैन। एक चक्र आईयूआई उपचार गर्दा गर्भधारणको सफलता दर २० प्रतिशतसम्म बढी हुने डा शाक्यले जानकारी दिइन्। ‘धेरै जोडीहरूलाई तीन चक्र आईयूआई गर्दा राम्रो नतिजा आएको छ,’ उनले भनिन्, ’हार्दिक आईभीएफमा यो चक्र पूरा गरेर सन्तान प्राप्ती गरेका दम्पतीको संख्या उल्लेख्य छ।’ ३५ वर्ष मुनिका महिलाहरूमा सफलताको दर उच्च हुने डा शाक्यले बताइन्।
शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आईयूआई उपचार प्रदान गर्नेछन्। शिविरमा सबै सेवा निशुल्क हुने हार्दिकले जानकारी दिएको छ।


