काठमाडौं- क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सदन विघटन गरेका छन्।
जस्टिन ट्रुडोपछि सत्ताको बागडोर सम्हाल्न आएका कार्नीले सदन विघटन गरेका हुन्। उनले आगामी अप्रिल २८ मा उपचुनाव गर्ने घोषणा गरेका छन्।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार बैङ्क अफ इङ्गल्यान्डका पूर्वगभर्नरसमेत रहेका कार्नीले ट्रम्पलाई आलोचना गरेर भनेका छन्, ‘उनी हामीलाई विभाजन गरेर हाम्रो कब्जा गर्न खोज्दैछन्।’


