२०८३ कार्तिक १५ गते शनिवार

फेरि नेपाल छिर्‍यो जेडटीई, भित्र्यायो किफायती स्मार्टफोन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ११
zte

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको छ। आइतबार एक विशेष कार्यक्रमकाबिच जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको हो।

उक्त आगमन पछि शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जातियाले भने, ‘हामी जेइटिइलाई पुनः नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ। नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरयुक्त, नवीन स्मार्टफोनहरू उपलब्ध गराउँदै, उत्कृष्ट प्रदर्शन प्रदान गर्ने हाम्रो लक्ष्य छ। जेइटिइसँगको हाम्रो साझेदारीले नेपालको मोबाइल उद्योगमा नयाँ अध्याय सुरु गरेको छ, र हामी आधुनिक प्रविधिहरू उपलब्ध गराउन प्रतिबद्ध छौं, जसले डिजिटल अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ।’

कम्पनीले आफ्नो नयाँ राष्ट्रिय वितरक शंकर ग्रुप मार्फत ब्लेड ए र नुबिया सिरिजका अत्याधुनिक तथा किफायती स्मार्टफोनहरू सार्वजनिक गरेको हो। यी स्मार्टफोनहरू नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन र किफायती मूल्य संयोजन गर्दै नेपाली उपभोक्ताहरूका लागि उपलब्ध गराइने छन्।

जेडटिइ नेपालका लागि कुनै नौलो नाम होइन। कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको कम्पनीले सन् २०१६ मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो।

यस पटक जेडटिइ ब्लेड ए र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको हो। जसअन्तर्गत जेडटिइ ब्लेड ए ७५ ले ९० हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ।

त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफीसहित नुबिया भि७० म्याक्स ल्याएको छ। साथै जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गराएको छ।

यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन्। उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन्।

जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमता

जेडटीई ब्लेड ए ७५ को मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यसमा ४ जीबी र्‍याम २५६ जीबी स्टोरेज उपलब्ध छ । फोन डायमन्ड ब्ल्याक र मिन्ट ग्रीन कलरमा छ ।

जेडटीई ब्लेड ए ५३ ई को मूल्य १० हजार ४९९ रुपैयाँ रहेको छ । यसमा २ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको छ । यो सिल्भरी ग्रे र आइस ग्रीन कलरमा उपलब्ध छ ।

जेडटीई ब्लेड ए ५५

२ जीबी र्‍याम, ६४ जीबी स्टोरेज– ११ हजार ९९९ रुपैयाँ

४ जीबी र्‍याम, १२८ जीबी स्टोरेज – १२ हजार ९९९ रुपैयाँ

कलर– स्टारी ब्ल्याक एन्ड वाटर ब्लु

जेडटीई नुबिया भी ७० म्याक्स

मूल्य– १५ हजार ९९०

स्टोरेज ६ जीबी र्‍याम, १२८ जीबी स्टोरेज

कलर– लेक ग्रिन र ग्लाटिक ग्रे

जेडटीई नुबिया भी ७० डिजाइन

८ जीबी र्‍याम, १२८ जीबी स्टोरेज– १६ हजार ९९९ रुपैयाँ

८ जीबी र्‍याम. २५६ जीबी स्टोरेज– १८ हजार ९९९ रुपैयाँ

कलर- स्टोन ग्रे र जेड ग्रिन

प्रकाशित: २०८१ चैत ११ गते सोमबार ०३:३७
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना