२०८३ कार्तिक २६ गते बुधबार

काठमाडौँमा आमनेसामने हुँदै कम्युनिस्ट र राजावादी, मुठभेड रोक्न ५ हजार प्रहरी मैदानमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १५
king_supporter-5

काठमाडौँ- आज (चैत १५) काठमाडौँमा गणतन्त्र पक्षधर ‘समाजवादी मोर्चा’ र राजावादीहरूले आ-आफ्नो प्रदर्शन गर्ने भएका छन्। माओवादी केन्द्रसहितको मोर्चाले प्रदर्शनीमार्ग र राजावादीहरूले तीनकुनेलाई केन्द्रबिन्दु बनाएर प्रदर्शनको तयारी गरेका हुन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको ‘समाजवादी मोर्चा’ ले गणतन्त्रको पक्षमा भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ।

राजावादीहरू सक्रिय भएपछि गणतन्त्र संकटमा परेको भन्दै समाजवादी मोर्चाले काउन्टर प्रदर्शन गर्न लागेको हो।

काउन्टर प्रदर्शनका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट जुलुस निकाल्ने योजना बनाएका छन्। माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टे जुलुस प्रदर्शन गर्नेछ।

एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ। चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछ।

अपराह्न १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनीमार्गमा पुग्ने भनिएको छ। सभालाई क-कसले सम्बोधन गर्ने भन्ने सार्वजानिक गरिएको छैन।

उता गणतन्त्रमा नेताहरूको मनोमानी भएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजा समर्थकहरू तीनकुनेमा प्रदर्शन गर्दैछन्। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि प्रसाईं समूहसँग मिलेको छ।

सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ। आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा आज गरियो।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे।

उनले भने, ‘यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन्।’

चैत १६ गते घोडेजात्रा भएकाले त्यस दिन कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने निर्णय समितिले लिएको छ।  १७ गतेदेखि भने निरन्तर आन्दोलन हुने सुवेदीले बताए।

काठमाडौँका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर साढे ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

सम्भावित मुठभेड रोक्न ३५ सयभन्दा बढी नेपाल प्रहरी परिचालन हुनेछन्। एसएसपी विश्व अधिकारीले यसको नेतृत्व गर्दैछन्। सुरक्षा निगरानीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ।

आजकै प्रदर्शनलाई लक्षित गरी २ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिने भएको छ।

दुवै स्थानमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए।

शान्ति सुरक्षाको माहोल बिग्रन नदिन प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई संयुक्त रूपमा परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भोलि ट्राफिकको समस्या हुनसक्ने हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरे।

प्रदर्शनमा हुनसक्ने मुठभेड घुसपैठ तथा तोडफोड रोक्ने गरी योजना बनाएर तयारी अवस्थामा रहेको प्रशासनले बताएको छ।

स्थानीय प्रशासनको सुरक्षा योजनाअनुसार सुरक्षा टोली तैनाथ अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न प्रशासनले आग्रह गरेको छ।

सुरक्षा रणनीतिअनुसार पूर्वराजा पक्षधरलाई सकभर रिङरोडमा मात्र जुलुस निकाल्ने गरी व्यवस्था मिलाइएको छ।

भक्तपुरबाट आउने पूर्वराजाका पक्षधरहरूलाई तीनकुनेमै रोक्ने रणनीति प्रहरीले बनाएको छ।

मोर्चाले विभिन्न ८ रुट माइतीघर मण्डला, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीबाट र्‍यालीसहित प्रदर्शन गर्ने र भृकुटीमण्डपमा कोणसभा गर्ने जनाएको छ।

प्रकाशित: २०८१ चैत १५ गते शुक्रबार ०७:१६
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना