काठमाडौँ- कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ। भिड आएर भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको हो।
तीनकुनेको कार्यक्रम बिथोलिएपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीको सुपरस्टोरमा तोडफोड गरेका हुन्।
नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ।
आक्रोशित समूहका व्यक्ति कोटेश्वरका गल्ली गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन्।
उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन्।
काठमाडौँ तीनकुनेस्थि अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड र आगजनीको प्रयास भएको छ।
प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि सुरक्षा गार्डहरूले निभाएका थिए।
त्यसअघि प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा गरेका थिए।
प्रदर्शनकारीको ढुंगामुढाबाट कार्यालयमा क्षति पुगेको छ।
तीनकुनेमा नै अर्को एक व्यक्तिको घरमा आगजनी गरिएको छ।
हेर्नुहोस् राजावादी आन्दोलनका दृश्य


