काठमाडौँ- शुक्रबार काठमाडौंको तीनकुने स्थित एक घरमा राजावादीले गरेको आगजनीमा परी एक पत्रकारको निधन भएको छ।
तीनकुनेस्थित एक घरमा आगजनी गरिँदा त्यहाँ भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
एभिन्युज टेलिभिजनले लाइभमै आफ्नो पत्रकार सुरेशको मृत्यु भएको उल्लेख गरेको छ।
तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।


