काठमाडौँ- राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र अधिवक्ता स्वागत नेपालसहित ५ जना पक्राउ परेका छन्।
राणा र मिश्र राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको हुन्।
अधिवक्ता नेपाल, सेफर्ड लिम्बू र सन्तोष तामाङ काठमाडौँकै विभिन्न स्थानबाट पक्राउ परेका हुन्।
‘राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर काठमाडौँको तीनकुनेमा प्रदर्शनको नाममा हिंसात्मक गतिविधि गरेको आरोप उनीमाथि छ।
प्रदर्शनका फिल्ड कमान्डर दुर्गा प्रसाई फरार बनेका छन्।
तीनकुने प्रदर्शनले हिंसात्मक मोड लिँदा दुई जनाले ज्यान गुमाएका छन्।


