काठमाडौं –काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न १ सय भन्दा बढिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्म १०५ जनालाई पक्राउ परेका छन्। उनीहरूमाथि के–कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गर्ने तयारी भइरहेको उनले बताएका छन्।
प्रहरीले यस घटनामा दुर्गा प्रसाईंलाई मुख्य आरोपी बनाएको छ । सरकारले यो घटना अराजनीतिक भन्दै प्रसाईंलाई कारबाही गर्ने जनाएको छ । उनको अहिले खोजीकार्य जारी छ । हाल उनी फरार छन् । उनको खोजी प्रहरीको विभिन्न निकायले गरिरहेको छ।


