काठमाडौँ- तीनकुने घटनाको छानबिनका लागि उच्च न्यायिक आयोग गठन गर्न रास्वपाले माग गरेको छ।
शनिबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले यस्तो माग गरेको हो।
तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु भएको हो।
‘काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने,’ निर्णयमा उल्लेख छ।
रास्वपा सचिवालयले केन्द्रीय समितिको बोलाउने पनि निर्णय गरेको छ। केन्द्रीय समितिको बैठक चैत्र १८ गतेका लागि बोलाइएको छ।


