नेपाली कांग्रेसले संविधान पक्षधर दलहरूसँग छलफल गर्ने भएको छ।
बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले संविधान पक्षधर दलका नेतृत्वसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।
एक दुई दिनभित्रै छलफल हुने उनको भनाइ छ।
साथै कांग्रेसले तीनकुने घटनाप्रति दु:ख व्यक्त गरेको छ। यसको सबै जिम्मेवारी पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष छ।
अराजकता निम्त्याएर सत्ता कब्जा गर्ने मनसायले घटना भएको पाइएको पनि महतले बताए।


