काठमाडौं – नेपालमा आयोजना भइरहेको काभा महिला भलिबल च्यालेन्ज कपको समूह बीमा अपराजित रहँदै काजकस्तान सेमीफाइनलमा प्रवेश गरेको छ। दोस्रो खेलमा लगातार जित निकाल्दै सेमीफाइनलमा पुगेको काजकस्तानले तेस्रो खेलमा पनि जित निकालेर अपराजित यात्रा गरेको हो।
खेलको पहिलो पारीमा उज्वेकिस्तानले को जित निकालेपछि पछिल्ला तीन सेट आफ्नो पक्षमा पारेर काजकस्तानले ३–१ को जित निकालेको हो।
पहिले सेटमा उज्वेकिस्तानले २४–२६ को जित निकालेको थियो। तर त्यसपछिको खेलमा उसले २५–१६, २५–११ र २५–१८ को जित निकाल्दै अपराजित यात्रा तय गरेको हो। उसले यसअघिको खेलमा माल्दिभ्स र श्रीलंकालाई पनि हराएको थियो।
समूह बी मा अहिले काजकस्तान नौ अंकसँगै शीर्षस्थानमा छ भने उज्वेकिस्ता ६ अंकका साथ दोस्रो स्थानमा छ। यो समूहको अन्तिम खेलमा आज साँझ श्रीलंका र माल्दिभ्सले खेल्नेछन्।


