काठमाडौँ- प्रहरीले तीनकुने घटनापछि प्रक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ११ जनालाई म्याद थपका लागि अदालत लगेको छ।
तीनकुने घटनामा पक्राउ परेकामध्ये ४१ जनालाई मुद्दा चलाउने निर्णयसहित प्रहरीले उनीहरुलाई आइतबार अदालत लगिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराका अनुसार ४१ मध्ये ११ जनालाई राज्यविरुद्धको कसुर र अरु बाँकीलाई अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ।
प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ।


