काठमाडौं : पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणालाई अदालतले म्याद थपेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बेलुकी देशभर मसाल जुलुस निकाल्ने भएको छ। उनीहरुविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पक्राउ परेका नेता तथा राष्ट्रवादी योद्धाहरुको अबिलम्ब रिहाइको माग गर्दै अहिले साँझ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा र देशभरका जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम राखिएको छ।


