काठमाडौँ- तीनकुनेमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शरीरमा गोली लागेको पाइएको छ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टले उनको शरीरमा गोली लागेको खुलेको हो।
उनको शरीरमा दायाँ हात भागको कोखमा गोली लागेको थियो। उक्त गोली ढाडबाट निस्केको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।
१५ चैतमा राजावादीले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो।
पोर्टमार्टम रिपोर्ट आएपछि सविनको परिवार उनको शव बुझेको छ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी परिवारको छ।


