२०८३ कार्तिक २६ गते बुधबार

‘भाटभटेनीमा ढुंगा हान्ने, लुट्ने? दुर्गा प्रसाईंको बिएण्डसीमा ढुंगा हाने के हुन्छ, मन रूँदैन?’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २०
fe3a8417-290e-489b-a543-7b6f66f71d89_BW15I5ZzlJ

काठमाडौं- राजावादीले आयोजना गरेको शुक्रबारको आन्दोलनका बेला कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाट गर्न आएकाहरूलाई प्रतिकार गर्ने भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई भाटभटेनीले ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा गरिदिएको छ।

आज आयोजित कर्मचारी सम्मान कार्यक्रममा भाटभटेनीले उनलाई बढुवा र पुरस्कृत गरेको हो।

कार्यक्रममा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले ‘राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं गुण्डा नाइके भएको टिप्पणी गरेका छन्।

यस्तै गुण्डा नाइके विगतमा धरानमा रहेको उल्लेख गर्दै गुरूङले व्यवसायीहरू त्यसबेला धरान छाडेर विराटनगर पलायन हुन पुगेको स्मरण पनि गरे।

प्रसाईंले विगत लामो समयदेखि व्यवसायीहरूमाथि धावा बोल्दै आए पनि राज्यले पुलपुल्याउँदा तीनकुने घटना घटेको र आगजनी, तोडफोड र दुई जना युवाको मृत्युसमेत हुन पुगेको गुरूङले बताए।

प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा झडप भएको थियो। प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।

सोही दिन कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट भवनमा ढुंगा प्रहार र लुटपाट हुँदा करिब ८० लाख रुपैयाँको क्षति पुगेको थियो।

सुरक्षा गार्डलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा सञ्चालक गुरूङले चैत १५ गते भाटभटेनीमा ढुंगा प्रहार र लुटपाट भएको बताए। राज्यले सुरक्षा दिन नसकेको पनि उनको भनाइ थियो।

‘एउटा गुन्डा नाइके, म भन्छु- दुर्गा प्रसाईं गुण्डा नाइके हो, गुण्डाकै नाइके हो त्यो,’ गुरूङले भने, ‘उसको चलन, क्रियाले राजसंस्था फर्कदैन, म ठोकुवा गरेर भन्छु, भाटभटेनीलाई ढुंगा हानेर, लुटपाट गरेर राजसंस्था फिर्ता हुन्छ? नेपालको संविधान मेटिन्छ? हामी बुझ्दैनौं?’

यस्तै प्रवृत्तिले गर्दा व्यवसायीहरूले देश छाड्ने अवस्था बनेको उनले बताए।

 

प्रकाशित: २०८१ चैत २० गते बुधबार १२:१९
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना