गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टमले उनको जलेर मृत्यु भएको पुष्टि गरेको छ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकले दिएको जानकारी अनुसार पत्रकार रजकको शरिरमा गोली लागेर होइन उनको जलेर निधन भएको हो। ‘श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो । जब आगो लाग्यो, उहाँ जीवित नै हुनुहुन्थो भन्ने कुराको पुष्टि भयो । उहाँको मृत्युको कारण जलेर भएको हो’ विभागका एक चिकित्सकले भने- बाहिर हल्ला भए जस्तो उहाँको शरिरमा गोलीको कुनै निशान देखिएन।’







