२०८३ कार्तिक २६ गते बुधबार

तीनकुने घटनाबारे के भने गृहमन्त्रीले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २२
ramesh-lekhak

काठमाडौं- राजसंस्थावादीहरूले चैत १५ मा आगजनी, तोडफोड र लुटपाट मच्चाएको विषयमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा जानकारी गराएका छन्। प्रदर्शनको नेतृत्वकर्ताको उद्दण्डता कारण घटना भएको लेखकको भनाइ छ।

राज्यव्यवस्था समितिको शुक्रबारको बैठकमा मन्त्री लेखकले संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि स्वीकार्य नहुने पनि स्पष्ट पारे। ‘संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि निस्तेज पारिनेछ,’ उनले भने, ‘त्यस्तो हुन्छ आन्दोलन, प्रदर्शन ? त्यै हो लोकतन्त्रको उपयोग गरेर आलोचना गर्ने कुरा ? त्यसरी नै यो संविधान जोगाउन सक्छौं?’

गृहमन्त्री लेखकले राजावादीहरूको प्रदर्शन कुनै राजनीतिक नभई संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई हिंसात्मक तरिकाबाट उल्ट्याउने योजनाका आधारमा रहेको देखिएको बताए। लोकतान्त्रिक व्यवस्था र सित्तैमा प्राप्त नभएको उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका साथै समानुपातिक समावेशी व्यवस्था जोगाइने उनको भनाइ थियो। हिंसात्मक गतिविधि र उद्दण्डता एवं अराजकताका भरमा व्यवस्था उल्ट्याउनेबारे नसोच्न उनले आग्रह गरे।

प्रदर्शनको नेतृत्व गरेका व्यक्तिहरूको अभिव्यक्ति र उद्दण्डताका बाबजुद सुरक्षाकर्मीले संयमता अपनाएको मन्त्री लेखकको भनाइ थियो। ‘भीडको नेतृत्वकर्ताको उद्दण्डताका आधारमा सुरक्षाकर्मीले संयमता नअपनाएको भए थप क्षति हुने थियो। जस्तो खालको उद्दण्डता र आपराधिक गतिविधि भयो त्यसमा संयमता नअपनाएको भए थप क्षति हुने थियो,’ उनले भने।

एयरपोर्टमा आगजनी गरिएको पनि गृहमन्त्रीले बताए। त्यहाँ रहेको पेट्रोलियम भण्डारणमा आगो लागेको भए अझै अवस्था भयावह हुने थियो भन्ने लेखकको भनाइ थियो।

हिंसात्मक गतिविधिलाई विषयान्तर गर्न र ढाकछोप गर्नका लागि बल प्रयोग गरेको भनेर चर्चा भइरहेको गृहमन्त्री लेखकको भनाइ थियो। ‘यसरी गरिएका हिंसात्मक गतिविधिलाई विषयान्तर, ढाकछोप गर्ने र हामीले ठिक गरेका थियौं भनेर पुष्टि गर्न विभिन्न खालका भ्रम फैलाइएको छ। कहाँबाट टियर ग्यास फाल्यो भनेको छ, कहाँ के गरेको भनेको छ,’ उनले भने।

प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो। यसैगरी पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।

कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए। गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो।

५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ। यो नेपाल प्रहरीको मात्र विवरण हो। सशस्त्र प्रहरीबाट समेत शुक्रबार गोली चलेको थियो। प्रहरीबाट अत्यधिक बल प्रयोग भएको भन्दै कतिपयले आलोचना गरिरहेका छन्।

प्रदर्शनकारी हिंसात्मक रुपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको जनाएको छ। उत्तेजित भिड हिंसात्मक रुपमा प्रस्तुत भएपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको तर्क छ। त्यस्तै, प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रष्ट पारेका छन्। सामाजिक सञ्जालमा आएको उक्त भिडियो फेक भएको उनको दाबी छ।

प्रकाशित: २०८१ चैत २२ गते शुक्रबार ०२:३५
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना