काठमाडौं- सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले शनिबार बिहान भैरहवा पुर्याएको छ। उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ।
शुक्रबार बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरका अनुसार लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाउने तयारी छ।
शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन्।
प्रकाशित: २०८१ चैत २३ गते शनिवार ०९:५१