काठमाडौं- सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने कारागार चलान भएका छन्।
शनिबार बिहान भैरहवा पुर्याएका उनलाई सोमवार जिल्ला अदालत रुपन्देही अदालत हाजिर गराएर कारागार चलान गरिएको हो।
शुक्रबार बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो। आइतवार बिदा परेकाले सोमवार मात्र रविलाई अदालत लगिएको हो।


