काठमाडौँ- काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ।
पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट कुँवर सिँढीबाट झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक छ। ‘पत्रकारको मृत्यु भएको विषयमा सोधपुछका लागि उनलाई ल्याइएको हो,’ प्रहरीले भनेको छ।
१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा हिंसा भड्किएपछि दुई जनाको मृत्यु भएको थियो भने प्रहरीले हानेको गोली २० जनालाई लागेको थियो। प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ।
यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत हिरासतमा छन् भने दुर्गा प्रसाईं फरार छन्।


