२०८३ कार्तिक २६ गते बुधबार

बार निर्वाचन : कहिले सकिन्छ मतगणना?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २६
bar_election_count

काठमाडौँ- कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन (नेबाए) निर्वाचनको मतगणना जारी छ। शनिबार सम्पन्न निर्वाचनको मतगणना सोमबारदेखि सुरु गणना कहिले सकिन्छ भनेर कानुन व्यवसायीहरुले चासो व्यक्त गर्न थालेका छन्।

शनिबार देशभरका ३६ मतदान केन्द्रमा मतदान भएको थियो। आइतबार देशभरका मतदान केन्द्रबाट मतपेटिका संकलन गरी काठमाडौँ ल्याइएको थियो। निर्वाचनमा हालसम्म ३४ मतदान केन्द्रको मतगणनाको नतिजा आइसकेको छ।

नेपाल बार एसोसिएसनको निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार हालसम्म लगभग ३५ सय मत गणना भएको छ। बार निर्वाचनमा ७ हजार ९९५ मतदान भएको थियो।

‘हामीले नेपालगञ्जबाहेक काठमाडौँ उपत्यकाबाहिरका सबै केन्द्रको गणना सकेका छौँ,’ सिटौलाले भने, ‘नेपालगञ्जको गणना जारी छ। सर्वोच्च बार, केन्द्र परिवर्तन, भक्तपुर बारलगायतका स्थानको गणना पनि जारी छ।’

निर्वाचन समितिले आज काठमाडौँ जिल्ला बार र पाटन उच्च अदालत बार बाहेकका स्थानको गणना सपन्न गर्ने योजना बनाएको छ। ‘निर्वाचन समितिले गणना छिटो सक्ने गरी काम अघि बढाएको छ। बिहीबार अन्तिम परिणाम सार्वजनिक गर्ने गरी काम अघि बढाएका छौँ,’ सिटौलाले भने। काठमाडौँ जिल्ला बारमा १९७४ र पाटन उच्च बारमा २ हजार १०६ मतदाता छन्। यी दुई स्थानबाट मात्र झन्डै ४ हजार मत खसेको अनुमान गरिएको छ।

नेपालगञ्ज र काठमाडौँ केन्द्रबाहेकको गणना सम्पन्न हुँदा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले २ हजार १० मत पाएर अग्रता बनाएका छन्। उनका निटकतम प्रतिस्पर्धी बनेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १ हजार ७ मत पाएका छन्।

२५ पदका लागि ७५ जना उम्मेदवार खडा भएको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा मिश्र प्यानलले फराकिलो अग्रता बनाइरहेको छ।

प्रकाशित: २०८१ चैत २६ गते मङ्गलबार ०६:४३
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना