काठमाडौँ- बालाजुको औद्योगिक क्षेत्रमा शनिबार आगलागी भएको छ।
औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको हो।
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको छ।
त्यहाँ प्रिन्टिङ प्रेससमेत रहेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।


