वीरगञ्ज- पर्सा जिल्ला वीगञ्जन महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि प्रशासनले शनिबार कर्फ्यू आदेश जारी गरेको हो।
हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो। त्यसपछि स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले सुरक्षा स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाएको हो।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार झडपपछि अझै पनि क्षेत्रको अवस्था संवेदनशील छ।
केही पसलहरूमा आगजनी भएको र झडपमा केही स्थानीयवासी तथा सुरक्षाकर्मी घाइते भएको जानकारी प्राप्त भएको छ।
स्थिति नियन्त्रणका लागि ठूलो संख्यामा प्रहरी खटाइएको छ।
