काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।
भैरहवास्थित जिल्ला कारागारमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दायर गरेको रिटमाथि सुनुवाइका लागि ढुंगानाको इजलास तोकिएको तोकिएको हो।
लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत, तुल्सीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले थुनामा पठाउने आदेश गरेको थियो।
यसअघि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको थियो। उक्त आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा लामिछानेले दायर रिटमा सुनुवाइ गर्दै २२ गते उच्चले थुनामा पठाउने आदेश गरेको थियो।
त्यसविरुद्ध निकिताले गत शुक्रबार स्वयं उपस्थित भएर सर्वोच्चमा रिट दायर गरेकी हुन्। रिटमा उच्च अदालतको आदेश खारेजीको माग गरेकी छिन्।


