काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले उपकुलपति (भीसी) को पनि जिम्मेवारी पाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भीसीको जिम्मेवारी पनि केसीलाई दिएका हुन्।
भीसीको जिम्मेवारी पाएपछि केसी कार्यभार सम्हाल्नका लागि भीसी कार्यालयमा पुगेर जिम्मेवारी सम्हाल्ने भएका छन्।
यसअघिका भीस प्राडा केशरजङ्ग बरालले राजीनामा दिएपछि उक्त पद खाली थियो।


