काठमाडौंः मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जबरजस्ती करणी मुद्दामा पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए।
अहिराजमाथि एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ।
जाहेरवाली २६ परिसर ३२ ०८१-०८२ (परिवर्तित नाम)ले जिल्ला प्रहरी परिसर, काठमाडौंको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा उजुरी दिएकी थिइन्।


