राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।
प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको बताइएको छ। पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उनले सहमहामन्त्री पदबाट राजीनामा दिएको रास्वपाका एक नेताले नेपाल क्लिक्सलाई बताए।
श्रेष्ठले केही समयअघि नै पार्टीभित्र राजीनामाको घोषणा गरिसकेको भए पनि बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको उनको भनाइ छ।
