बुटवल- कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि लक्षित गरेर गोली प्रहार भएको छ।
रातको समयमा आफ्नै निवासमा घरबाहिर रहेको शौचालय गएर फर्कने क्रममा अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार चौधरीलाई हान्न खोजिएको गोली भित्तामा लागेको छ।
चौधरी शौचालय गएको समयमा विद्युत थिएन।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।


