चितवन- पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको गोन्द्राङदेखि पुल्चोकसम्मको ६ लेन सडक उद्घाटन गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिकमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरकी मेयर रेनु दाहालले संयुक्त रूपमा सडक उद्घाटन गरेका हुन्।
गोन्द्राङ-पुल्चोक ६ लेनको सडक शुक्रबार दिउँसो उद्घाटन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यो सडकको लम्बाई लगभग ६ किमि छ।
यसअघि शुक्रबार नै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहले कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गरेका थिए।
६ किमि सडक उद्घाटन गर्न भीभीआई र भीआईपीहरूको लर्को लागेपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्।
