गण्डकी- गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ १२ बाट सुरु हुने भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन्। अधिवेशनको पहिलो दिन (१२ गते) नै अर्थमन्त्री जीतप्रकाश आलेले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने तयारी अघि बढाएका छन्।
वैशाख १४ गते नियुक्त भएर १५ गते पदभार ग्रहण गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते विश्वासको मत लिएका थिए। वैशाख २९ मा मन्त्रिमण्डल पूर्ण भएसँगै सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको थियो।
आलु आवका लागि ३५ अर्ब ९० करोडको बजेट प्रस्तुत भएकामा आगामी वर्षको बजेट घट्ने देखिएको छ। संघ सरकारबाट अनुदान कटौती, राजस्व आम्दानीमा कमीका कारण पनि बजेटको आकार घट्ने चर्चा सुरु भएको छ।
बजेट प्रस्तुत हुनु १५ दिन अगावै बजेटको सिद्धान्त र प्राथमिकता सदनबाट पारित भइसक्नुपर्छ। प्रदेश सरकारको बजेट असार १ गते प्रस्तुत गर्नुपर्छ। त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ।


