२०८३ कार्तिक २६ गते बुधबार

बारको कार्यसमिति र प्रधानन्यायाधीशबीच भेट, यी विषयमा भयो कुराकानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ८
nba

काठमाडौं- नेपाल बार एसोसिएसन (नेबाए) को नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेको छ।

शनिवार पदभार ग्रहण गरेको नवनिर्वाचित कार्यसमितिले आइतवार प्रधानन्यायाधीशसँग भेटवार्ता गरेको हो। बारका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको नेतृत्वमा गएको टोलीले न्याय प्रणालीसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको थियो।

भेटका क्रममा अध्यक्ष मिश्रले न्याय परिषद् नियमावली २०७४ को नियम ११ मा गरिएको संशोधन तत्काल खारेज गर्नुपर्ने र त्यसपछि मात्र न्यायाधीशहरूको नियुक्ति गर्नुपर्ने माग राखेका थिए। यसका साथै नेबाएका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको अपहेलनासम्बन्धी मुद्दालाई प्राथमिकताका साथ छिटो सुनुवाइ गर्न आग्रह गरेका थिए।

यस्तै, मुद्दा दर्तामा देखिएको कठिनाइ, इजलास समक्ष वरिष्ठ अधिवक्ताले सहयोगी अधिवक्तासहित उपस्थित हुनुपर्ने आवश्यकता, दोहोऱ्याइ पेस गरिएका निवेदनहरूको सुनुवाइलाई गम्भीर रूपमा लिनुपर्ने, जिल्ला अदालतहरूमा म्यादबारे प्रभावकारी सुनुवाइ नहुनु, तथा जमानतका प्रक्रिया र आदेशमा एकरूपता नहुनुजस्ता विषयहरू पनि उठाइएका थिए।

‘वरिष्ठ अधिवक्ताले अनिवार्य रुपमा इजलास समक्ष सहयोगी अधिवक्ता लिई उपस्थित हुनुपर्ने, मुद्दा दर्तामा हुने कठिनाई तत्कान समाधान गर्नुपर्नेलगायतका विषयहरूमा सम्माननीय प्रधानन्यायाधीशको ध्यानाकर्षण’ गराइएको बारको विज्ञप्तिमा उल्लेख छ।

जवाफमा सम्माननीय प्रधानन्यायाधीश राउतले संवैधानिक दायराभित्र रही न्यायपालिका सुधारको लागि आफू जुनसुकै कदम चाल्न तयार रहेको बताएका थिए। नेबाएको जायज माग र गुनासा सम्बोधन गर्न आफू सदैव तत्पर रहेको उनको भनाइ थियो। साथै, नेपाल बार एशोसिएसनका जायज माग तथा गुनासाहरूलाई समाधान गर्न सधैं तत्पर रहेको र आगामी दिनमा बार-बेन्च समन्वय समितिमार्फत सहमतिका आधारमा समस्याहरू समाधान गरिने जानकारी दिए। भेटको क्रममा निवर्तमान अध्यक्षविरुद्धको अपहेलनासम्बन्धी मुद्दा पनि प्राथमिकताका साथ सुनुवाइ गरिने उनले स्पष्ट पारे।

प्रकाशित: २०८२ बैशाख ८ गते सोमबार ०१:१६
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना