काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले शिक्षक आन्दोलन जारी रहे पनि कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो।
वैशाख ११ गते (बिहीबार)देखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने तालिका यसअघि नै प्रकाशन भएको भएपनि शिक्षकहरूले परीक्षा सञ्चालन गर्न असहयोग गर्ने भनेपछि अन्योल उत्पन्न भएको थियो।
बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो।
वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुने परीक्षा २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ।
यस्तो छ तालिका


