काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका एक सदस्यले पन्त शिक्षामन्त्री बन्ने बताएका हुन्।
उनको शपथ बिहीवारका लागि राखिएको छ।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो।


