पोखरा- पोखरा महानगरपालिकाले १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ कृषकलाई वितरण गरेको छ। विभिन्न समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबुढो धानको बीउ वितरण गरिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले बताए।
महाशाखाले समूहबाट प्रतिकिलो २ सयमा खरिद गरी ५० प्रतिशत अनुदान दिएर १ सयमा कृषकलाई उपलब्ध गराएको हो। कृषक समूहबाट उत्पादित बीउ गण्डकी प्रदेश बीउविजन प्रयोगशालाले परीक्षण गरी प्रमाणीकरण गरेको छ।
पोखराको रैथाने धान जेठोबुढो यहाँको मौलिक कृषि उपज मानिन्छ। फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो। अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका गगनगौँडा, बेलबुटे, मालमूल, पटनेरीलगायत विभिन्न फाँटमा यो धान पर्याप्त फल्छ। मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पछिल्लो समयमा पोखरासहित देशका प्रमुख सहरमा हुने गरेको छ। जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति छन्।
गर्मी न जाडो हुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ। भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन्। जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ। सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन्।
‘हामीहरुले उत्पादन गरेको धान देशका नेता, मन्त्रीहरुले मिठो मानेर खाने गर्छन्। किसानहरुका समस्या समाधान नगर्ने तर हामीले उत्पादन गरेका धान चामल खाएर मात्र हुँदैन,’ उनको भनाइ छ।
विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमिन ६८ हजार ९६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेको कृषकहरू बताउँछन्।
पोखरेली जेठोबुढोको बीउको माग गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पनि हुने गरेको छ। सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि विसं २०६७ मा सिफारिस गरिएको थियो। यसको २०६८ देखि उत्पादन सुरु भएको थियो। यसको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३.५ मेट्रिक टन छ।

पोखराको वडा नं २३ स्थित ठूला खेत कृषक समूह, वडा नं १६ स्थित हिमालय कृषि फर्म, वडा नं १३ स्थित नमूना प्राङ्गारिक कृषि सहकारी, वडा नं २६ स्थित ढले पीपल कृषक समूह, दीपशिखा महिला सहकारी, पोखरा २२ स्थित सफल महिला कृषक समूह, पोखरा ३० स्थित लक्ष्मी सीप सेन्टरलगायत कृषक समूह पोखरेली जेठोबुढोको बीउ उत्पादनमा केन्द्रित बनेको महाशाखा प्रमुख कडरियाले बताए।
जेठो बुढो धेरै फल्ने क्षेत्र पोखरा १८,२२,२३ र २४ को तल्लो भुभाग फेवा फाँटमा हुन्छ। जहाँ धान रोपाइँ सुरु भइ सकेको छ। महानगरले अब धानको बिउँ बाँढ्नु भनेको सरकारी बजेट सिद्ध्याउनु मात्र हो।
फेवाफाँटका कृषकहरु आफूहरुलाई महानगरले खासै सहयोग नगरेको बताउँछन्। फेवाफाँट क्षेत्रमा धान रोपाइँ गरेपछि चराले खाने समस्या १५ वर्षदेखि यथावत छ। चराको व्यवस्थापन गर्न नसक्दा उत्पादन धट्दै गएको स्थानीय कृषक गोकर्ण शर्मा तिमिल्सिना बताउँछन्।
‘हामीहरुले उत्पादन गरेको धान देशका नेता, मन्त्रीहरुले मिठो मानेर खाने गर्छन्। किसानहरुका समस्या समाधान नगर्ने तर हामीले उत्पादन गरेका धान चामल खाएर मात्र हुँदैन,’ उनको भनाइ छ।



