काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन्।
थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौँ आइपुग्नुभएका सभापति देउवाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन्।
सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केही नरहेको उनको जिकिर छ।
सत्तासमीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ।
सभापति देउवा सपरिवार थाइल्यान्ड भ्रमणमा गएका थिए।
थाइल्यान्डबाट फर्किए देउवा, भन्छन्- सत्ता गठबन्धनमा कुनै समस्या छैन#nepalclicksnews #nepalclcicks #nepalicongress#kathmandu#TIA#नेपालक्लिक्स#sherbahadurdeuba #arjurana#gaganthapa#purnabahadurkhadka pic.twitter.com/seSINWAW39
— Nepal Clicks (@nepalclicksnews) April 25, 2025


