काठमाडौँ- २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछि पुनर्निर्माण भएको धरहराबाट काठमाडौँको मनोरम दृश्य देख्न पाइन्छ।
१० वर्षअघिको भूकम्पमा धरहरा ढलेको थियो।
ढलेको धरहरालाई संरक्षण गरेर त्योभन्दा अग्लो धरहरा निर्माण गरिएको छ।
केही समय अघिमात्रै सर्वसाधारणका लागि खुला गरिएको धरहरा चढ्नेहरुको घुइँचो लाग्छ।
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क तोकिएको छ।
बिहान साढे १० बजे खुल्ने धरहरा साँझ पाँच बजे बन्द गर्ने गरिएको छ।
धरहराबाट शुक्रबार देखिएको काठमाडौँ उपत्यका
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


