शिक्षक आन्दोलनमा प्रहरी र शिक्षकबीच झडप स्थिति देखिएको छ। आइतबार काठमाडौंको माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढेको शिक्षकहरूलाई प्रहरीले रोक्न खोजेको थियो।
शिक्षकहरुले निषेधित क्षेत्र सिमानामा राखिएको ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा हानेको छ।
प्रहरीमाथि शिक्षकहरूले ढुंगामुढा समेत गरेका छन्। प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौंमा गत चैत २० गतेदेखि शिक्षक आन्दोलन जारी छ।









