काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीका कारण केही स्थानमा हल्का वर्षा हुने बताएको छ। अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाको पूर्वानुमान छ।
देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
तराईका केही स्थानमा हवाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागे पनि दिउँसो बदली र छिटफुट वर्षाको सम्भावना छ।


