काठमाडौँ- मनकुमारी बुढा उमेरले ३७ वर्ष आज भन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौँ पसेकी उनी राम्रो काम र कमाई हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इँटाभट्टामा काम गर्दै छिन्।
एघार वर्ष अगाडी श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो र दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनको छोरीले इँटा भट्टामा इँटा बोक्ने काम गर्न थाले। एक पटकमा ४० देखि ४५ वटासम्म इँटा बोक्ने उनीहरूको कमाई कति पटक इँटा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्दछ। जति पटक इँटा बोक्यो त्यति पटक कागजमा छाप लगाउने र पछि हिसाब गरी दैनिक कमाई निर्धारण गर्ने गरिन्छ। कहिलेकाहीँ शारीरिक अस्वस्थताका कारण काम गर्न सकिदैन् त्यो दिन त कमाई नै हुदैन् मनकुमारीले सुनाइन्।
इँटा भट्टामा काम उनीहरू त एउटा उदाहरण मात्र हुन्, चरण बाल श्रमको प्रयोग गरिने इँटा भट्टामा ११, १२ वर्षका बालकहरू खच्चर धपाउने काम गर्ने गर्दछन्। धुलो धुवाँमा न्यून ज्यालामा काम गर्ने उनीहरूले श्रम शोषण भोग्न बाध्य छन्।
नेपालगन्जबाट आएर इँटा भट्टामा खच्चर धुपाउन ११ वर्षीय राजु, १२ वर्षीय गोलु आफ्नो उमेर भन्दा ठुलो काम गर्दछन् भट्टामा। उनीहरूको काम काँचो इँटा बोक्ने खच्चर धपाउने हो। एक पटक काँचो इँटा बोकेको खच्चर धपाए बापत ३ रुपैयाँ कमाउँछ हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाई हुने भएकाले उनीहरूको दौडधुप निकै देखिन्थ्यो।
धुलो धुवाँ, शारीरिक रूपमा धेरै बल लगाउन पर्ने काम भएकाले इँटा भट्टामा बाल श्रमको प्रयोग गर्न नहुने भए तापनि पनि घरको गरिबी, शैक्षिक अवस्था लगायताको विभिन्न कारणले बालबालिकाहरू इँटा भट्टामा काम गर्न बाध्य छन्।
न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषहरूले समेट्न सकेको छैन।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।


